Section 11
कुटनैतिक प्रतिनिधिलाई कर छुट

कुटनैतिक प्रतिनिधिलाई देहायमा लेखिए बाहेक व्यक्तिगत वा सम्पत्तिमा लागेको सबै राष्ट्रिय, ड्डस्थानीय कर तथा देय (ड्यूज) छुट हुनेछः–

(क) साधारणतया वस्तु वा सेवाको मोलमा नै समावेश गरिने किसिमको अप्रत्यक्ष कर,

(ख) नियोगको निमित्त विदेशी राज्यको तर्फबाट राखेकोमा बाहेक कुटनैतिक प्रतिनिधिको नेपालको निजी अचल सम्पत्तिमा लागेको कर तथा देय,

(ग) कुटनैतिक प्रतिनिधिलाई व्यक्तिगत रूपमा लाग्ने सम्पत्ति तथा उत्तराधिकार कर,

तर कुनै कुटनैतिक प्रतिनिधि वा निजको परिवारको सदस्यको उपस्थितिको कारणले त्यस्ता व्यक्तिको नेपालमा भएको निजको मृत्यु हुँदा निकासी गर्न मनाही भइरहेको बाहेक अरु चल सम्पत्तिको सम्बन्धमा सो कुटनैतिक प्रतिनिधिको मृत्यु भएपनि त्यस्तो कर लगाइने छैन ।

(घ) नेपालमा भएको स्रोतद्वारा कुटनैतिक प्रतिनिधिलाई प्राप्त निजी आयमा लाग्ने कर,

(ङ) नेपालमा कुटनैतिक प्रतिनिधिले कुनै व्यापारमा लगाएको पूँजीमा लाग्ने कर,

(च) कुनै खास सेवा प्रदान गरिए वापत लाग्ने कर वा दस्तुर, र

(छ) अचल सम्पत्तिको सम्बन्धमा कोर्ट फी, रजिष्ट्रेशन दस्तुर, टिकट दस्तुर तथा नक्कल दस्तुर ।